logo-img

चिकित्सकको चेतावनी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्छौँ [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सक आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सक सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।



विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । 

उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बन्न नहुने घिमिरेले बताए । 

‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौं,’ चिकित्सक घिमिरेले भने, ‘यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे । यहाँ त घटना दोहरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’    



आन्दोलित चिकित्सकले ‘विदेश पलायन हुन बाध्य नपार,’ ‘हामी स्वास्थ्यकर्मी एक हौँ,’ ‘आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?’ ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?,’ ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ,’ ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए । 



 

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १२:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया