शिक्षकको आन्दोलन आज पनि जारी, निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीको हस्तक्षेप

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । 

राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । विरोधको क्रममा निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । 

विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । 





 

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १६:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया