पूर्वप्रहरी महानिरीक्षकका पिएसओको पेस्तोलबाट चलेको गोली लागेर पत्नी गम्भीर घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी छन् । 

गोली लागेलगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

असई चौधरी एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृत हुन् । उनी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैँलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार २२:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया