logo-img

इराकमा विवाह हलमा आगलागी : ११४ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा एक विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ । 

आगलागीमा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो । 

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताए । 







  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार ९:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया