logo-img

बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर गुणथिलका निर्दोष साबित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दनुस्का गुणथिलका निर्दोष साबित भएका छन् । उनीविरुद्ध गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । 

गत वर्षको टी-२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला गुणथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी-२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।   

बलात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुणथिलकालाई निलम्बन गरेको थियो ।



ती महिलाले गुणथिलकाले आफूमाथि पटक-पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । 

लामो समयसम्मको सुनुवाइपछि गुणथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष साबित भएका हुन् । न्यायालयबाट निर्दोष साबित भएपछि गुणथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् ।   



उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ वटा टी-२० खेल खेलेका छन् । गुणथिलका आक्रामक श्रीलंकन ब्याटरका रूपमा परिचित छन् ।   



  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १४:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया