नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको छ : पूर्वराजा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको जनाएका हुन् । 

वक्तव्यमा लेखिएको छ, ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र नेपाली खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ, देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनुपरेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकूलताको बाबजुद जुन सफलता हासिल गरेका छन्, यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ ।’

वक्तव्यमा विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा सबै खेलाडी र नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ । 
 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार १५:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया