प्रधानमन्त्री सचिवालयले भन्यो- पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकारको भूमिका छैन
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको कुनै भूमिका नहुने बताएकी छन् ।  

दाहालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पष्ट पारेकी हुन् ।

‘नेपालमा पनि गएको असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भूमिका नहुने र अन्तर्रािष्ट्रय बजारमा स्वचालित रूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ,’ दाहालले लेखेकी छन्, ‘आशा गरौँ चाडपर्वको मुखमा मूल्य वृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिनेछ ।’  

नेपाल आयल निगमले शनिबार बेलुका अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको भन्दै पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको थियो । उक्त विषयलाई लिएर आम नागरिकले असन्तुष्टि जनाइरहेका छन् । 

प्रधानमन्त्रीको सचिवालयले भने अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित  प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पस्ट पारेको हो ।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १२:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया