एसियाडमा आज नेपालको ६ खेल, भलिबलमा दक्षिण कोरियासँग भिड्दै

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा आज नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले बिहान सवा ८ बजे दक्षिण कोरियासँग खेल्दैछ । 

पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको  थियो । समूहबाट अगाडि बढ्ने हो भने नेपालले आजको खेल जित्नुको अर्को विकल्प छैन । 

यस्तै, कबड्डीमा बिहान सवा ८ बजे नै नेपालले बंगलादेशसँग खेल्दैछ । यसैगरी नेपालले आज आर्चरी, स्क्वास, एथ्लेटिक्स र ब्याडमिन्टनमा पनि प्रतिस्पर्धा गर्ने तालिका छ ।   

प्रतियोगिताको नवाैँ दिनसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । प्रतियोगिताको लागि २९ खेलका २ सय ५३ खेलाडी छनोट भएका छन् ।  अहिलेसम्म चीन १ सय ३३ स्वर्ण पदक जित्दै तालिकाको शीर्षस्थानमा रहेको छ ।  
 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार ७:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया