logo-img

दाङमा दुर्घटना : १४ यात्रु घाइते, दुईको अवस्था गम्भीर
प्रतीकात्मक तस्वीर

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सोमबार बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलनजिक दुर्घटना भएको हो ।

बसमा १६ जना यात्रु थिए । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बसका चालक रामेछाप सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  







  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार ८:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया