logo-img

एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड

नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेपछि सिटी हलका सिसा फुटेका छन् ।

वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोडमा गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले सत्य शाही अनधिकृत व्यक्ति रहेको र जबरजस्ती मतगणनास्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जानकारी दिए । 



मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले विरोध गरेका थिए । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । 





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १५:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया