logo-img

युनाइटेडको खराब प्रदर्शन जारी, घरमै ३-२ गोलले स्तब्ध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा आफ्नो खराब लय कायमै राखेको छ । ऊ मंगलबार राति भएको खेलमा गालातासारेसँग ३–२ ले पराजित भयो । 

खेलमा रास्मस होजलुन्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै गालातासारेलाई खेलमा फर्काए । 

दोस्रो हाफमा पुनः युनाइटेड अग्रता बनायो । रास्मसले ६७औँ मिनेट अग्रता युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए । ७१औँ मिनेटमा करिम अक्तुरकोग्लुले गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए ।  

७७औँ मिनेटमा फाउल गरेपछि कासेमेरोले सिधै रातो कार्ड सामना गर्दा युनाइटेड १० खेलाडीमा सीमित बन्यो । ८१औँ मिनेटमा इकार्डीले विजयी गोल गर्दै गालातासारेलाई ३–२ को जित दिलाए । 

समूहको अर्काे खेलमा बायर्न म्युनिखले कोबेनहाभनलाई २–१ ले हराएको छ । युनाइटेडले लगातार दोस्रो हार बेहोरेको हो । दुई खेल सकिँदा ऊ अंकविहीन छ । 

समूह ‘ए’ को बायर्न म्युनिख दुई खेलबाट सत प्रतिशत जितसहित शीर्षस्थानमा छ । गालातासारे चार अंकसहित दोस्रो र कोबेनहाभन एक अंकसहित तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार ७:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया