खुल्यो अवरुद्ध पृथ्वीराजमार्ग
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए । 

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नंको ट्रकको ठक्करबाट बागेश्वरी माविमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएपछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीयवासी तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए । 

विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेका छन्  ।  





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १३:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया