पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित प्राध्यापकहरुले सामूहिक राजीनामा गरेका छन् ।
पछिल्लो केहीदिन यता क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।
स्ववियुले हालको प्रशासनभन्दा गुणस्तरीय रुपमा सञ्चालन गरिदिने बताएपछि यसअघि क्याम्पसका प्राध्यापकहरुले क्याम्पस स्ववियुलाई हस्तान्तरण गरेको विज्ञप्ति जारी गरेका थिए।
अहिलेको अवस्थामा क्याम्पस सञ्चालन गर्न आफूहरु असमर्थ भएको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।