प्रधानमन्त्रीको निर्देशन- सबै क्षेत्र समन्वय गरी भूकम्पबाट भएको क्षतिको व्यवस्थापन गर्नू
भूकम्प केन्द्रविन्दु क्षेत्रको अवलोकनमा निस्किँदै प्रधानमन्त्री
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिएका हुन् । 

उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन दिए । प्रधानमन्त्री दाहालले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए । 

‘हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ । थप राहत र पुनःस्थापना निर्माणका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु । यसको प्रभाव यकिन गरी तत्काल आवश्यक पुग्नुपर्ने श्रोत, व्यवस्थापन गर्नुपर्नेछ । र त्यो व्यवस्थापन गर्ने निर्णय पनि हामी लिनेछौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘तीन तहकै सरकारको बीचमा समन्वयात्मक कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्न तीन तहकै सरकारको एकीकृतरूपमा कार्यक्रम गर्न व्यवस्थापन गर्ने । प्राधिकरणलाई पुनः स्थापना र पुनःलाभको कामलाई आवश्यक पर्ने नीतिगत सहजीकरण गर्ने कुरा पनि यहाँ आएको छ ।’ 

प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्पको केन्द्रविन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार १०:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया