वीर अस्पतालमा माननीय र सम्माननीयको ताँती लागेको स्वास्थ्यमन्त्रीको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागेको उनको दाबी छ । वीरमा भिआइपी र भिभिआइपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको उनले बताए । 

आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नका लागि निःशुल्क बनाउन आफू लागिपरेको उनले बताए । स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सिर्जना गरेर जाने सहमति भइसकेको बताए । 

अहिले देखिएको जनशक्ति अभावको अन्यौल चाँडै समाधान हुने उनले बताए । दीक्षित भएकाहरु राष्ट्रको भविष्य र गरिमा भएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २०:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया