logo-img

हमास आतंकवादी हमलामा परेका सातजना नेपालीको मृत्यु !

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शनिबार इजरायलमा भएको आतंकवादी हमलामा सातजना नेपालीको मृत्यु भएको छ । हमास आतंकवादी समूहको आक्रमणमा परी उनीहरूकाे मृत्यु भएको हो । 

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनी हमास आतंकवादी समूहले आक्रमण गरेकाे थियाे । इजरायलकाे सातजना नेपालीको मृत्यु भएको भनेर घोषणा गरेको हाे । घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएकाे छ । 

फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको र समयमा उपचार नपाएका कारण उनीहरूकाे मृत्यु भएकाे बताइएकाे छ । 



यसअघि इजरायलमा रहेकाे नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नआएकाे जनाएको थियाे । दूतावासले भने मृत्युबारे औपचारिक पुष्टि गरेकाे छैन । नेपाली राजदूत कान्ता रिजालले अवस्था भयावह रहेको तर अहिलेसम्म उद्धार हुन नसकेको बताएकी छन् । 

शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु भएकाे छ । घाइतेलगायत केही मानिस हमास समूहकाे नियन्त्रणमा छन् । 

इजरायलमा हाल ४५०० नेपाली कामदारका रूपमा छन् । त्यस्तै, २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रमअर्न्तगत पढ्न गएका छन् । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १६:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया