सदनमा पेस भयाे सरकार र शिक्षक महासंघबीचको सहमति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् ।

सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराएका हुन् । 

उनले सहमतिबमोजिम शिक्षकहरुको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए । मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफैँ निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट गरे । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १७:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया