आजको प्रतिनिधिसभामा इजरायलबाट नेपालीको उद्धार गर्ने विषयमा मात्रै छलफल गर्न राप्रपाको माग
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:३० मा बस्ने गरी बोलाइएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचीलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूची परिवर्तन गर्न माग गरेका हुन् ।

इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए । इजरायलमा मात्रै नभई अन्य विभिन्न देशहरूमा पनि अलपत्र रहेका नेपालीहरूको उद्धार गर्नुपर्ने माग उनले गरे । 

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘आजको नियमित संसदलाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्धार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने ? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, क्षणिक अफ्रिकन देशहरू लगायत धेरै देशहरूमा अहिले नेपालीहरू अलपत्र परेका छन् । उनीहरूको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसदबाटै आदेश जारी होस् । र आज चलिरहेको संसदलाई नियमित कार्यसूचीलाई पछाडि राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साझा रूपमा छलफल गरी बैठकको कार्यसूची तय गर्ने बताएको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार १४:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया