एमाले सुदूरपश्चिम : नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा तीन जनाको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटी पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन तालिकाअनुसार मंगलबार आज बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गरिनेछ । त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन समय तोकिएको छ । 

उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ । निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । एमाले सुदूरपश्चिम अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन् ।

एमाले सुदूपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य कृष्णप्रसाद जैसी,  बचनबहादुर सिंह  र कमल तिमिल्सिनाले अध्यक्षमा दाबी गरेका हुन् । एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन भने गरिसकेको छ ।





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ६:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया