बझाङमा फेरि भूकम्पको धक्का
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पविद् डा. शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मंगलबारयता पटकपटक भूकम्पको परकम्प गएका छन् । 

गत मंगलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।   





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ७:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया