logo-img

कोशीको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७/४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेस गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि २० असोजमा गरेको आह्वानमा दुई सदस्यले दाबी पेस गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गरेका हुन् । 







  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १९:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया