logo-img

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनको लागि थाले तयारी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनको लागि तयारी थालेका छन् । उनले त्यसको लागि नेकपा एमालेसहित अन्य दलहरूसँग छलफल अघि बढाएका हुन् । 

मुख्यमन्त्री कार्कीले दसैँअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसको लागि लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ । यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गते बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार कात्तिक १ गते बुधबार दिनको ११ बजे प्रदेश सभा बैठक बस्दै छ । कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेको पनि समर्थन पाएका छन् ।  







  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १२:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया