मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

२०७९ सालको मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई अर्पण गरिएको छ । पूर्व घोषित निर्णय अनुसार सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले, ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् ।

ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि ऐलानी उपन्यास बजारमा ल्याएका विकेकले  ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु समेटेका छन् ।

२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरूको कभर र बालपुस्तकहरुमा चित्र कथा कोरेका छन् ।

उनले संघीय संसदको लोगोको डिजाइन पनि गरेका हुन् । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको नगद राशि चार–चार लाख रुपैयाँ छ ।

गुठीले यसअघि नै मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।
 





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १८:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया