logo-img

स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टीका चापागाईंले सामूहिक राजीनामा दिएका हुन् । 

नौ महिनादेखि स्वास्थ्य बिमा बोर्ड अध्यक्षविहीन छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई  स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए । 

बोर्डमा नौ महिनादेखि अध्यक्ष रिक्त रहेको, तर मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनुले स्वार्थ बाझिने भन्दै उनीहरूले राजीनामा दिएका हुन् । 
राजीनामा दिएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्ति गरिनु कन्फ्लिक्ट अफ इन्ट्रेष्ट जोडिएको बताए । 



स्वास्थ्य बिमा बोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्बन गरेकोमा उनले आपत्ति जनाए । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बिमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनले बताए । 

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको थियो ।





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार २०:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया