logo-img

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ । लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो । 

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ । 

त्यस्तै, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि २०८०, चालीस वर्षभन्दा माथिका लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मिर्गौला) रोग स्क्रिनिङ कार्यक्रम सञ्चालन कार्यविधि २०८०, ज्येष्ठ तथा अतिअशक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि २०८०, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।







  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार २३:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया