logo-img

नेपालसँग ९४ रनमै समेटियो हङकङ, करण केसीको घातक बलिङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ९४ रनमा अलआउट भयो ।  

उसका लागि यासिम मुर्तजाले ३६ बलमा एक छक्का र दुई चौकासहित सर्वाधिक ३६ रन बनाए । यस्तै, जीशान अली १७ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

हङकङलाई सस्तैमा रोक्नेक्रममा तीव्र गतिका बलर करण केसीले सानदार बलिङ गरे । उनले ४ ओभरमा १५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । करणले कप्तान निजाकत खान (शून्य), अशुंमन रथ (७), बाबर अहयात (५) र हारून अर्शद (२) को विकेट लिएका हुन् । यस्तै, अविनाश बोहराले ४ ओभरमा १७ रख खर्चेर दुई विकेट हात पारे । 



सोमपाल कामीले ३.३ ओभरमा १० रन मात्र दिएर दुई विकेट लिए । कुशल मल्ल र श्याम ढकालको नाममा एक/एक विकेट रह्यो । नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो । हङकङ घरेलु टोली नेपाललाई हराउँदै उत्कृष्ट सुरुवात गर्ने योजनामा छ ।  

हालसम्म नेपाल र हङकङले एकअर्काविरुद्ध पाँच खेल खेलेका छन् । जसमा हङकङले तीन खेल जितेको छ । नेपालले अहिलेसम्म हङकङलाई एक खेलमा मात्र पराजित गरेको छ । यी दुई टिमबीचको एक खेल भने नतिजाविहीन भएको विगत छ ।  

नेपाल र हङकङले अन्तिमपटक सन् २०२० मा खेलेका थिए । सो खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको थियो । यसपटक नेपाल तीन वर्षअघिको हारको बदला लिने रणनीतिमा छ ।    



हङकङविरुद्ध पनि नेपालले अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ । सिरिजमा नेपाल, यूएई र हङकङले खेलिरहेका हुन् । सिरिजको फाइनल खेल १० कात्तिकमा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।   



  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १२:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया