मकवानपुर कार्यालयले एक वर्षमा उठायो अर्ब ६० करोड राजस्व

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार रुपैयाँ सङ्कलन गरेको छ । 

यसैगरी, आयकरतर्फ १ अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली भएको छ भने २ करोड ५१ लाख ६१ हजार रुपैयाँ बहाल कार, ब्याज करमा ६ करोड ३५ हजार रुपैयाँ, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार रुपैयाँ र शिक्षा सेवाकरबापत ७ हजार रुपैयाँ मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा ३३ करोड १४ लाख ४० हजार रुपैयाँ राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।   

उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए । रासस 





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार २०:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया