logo-img

सुदूरपश्चिम सरकार र महासंघबीच लगानी सम्झौता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुदूरपश्चिमप्रदेश सरकार र नेपालउद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेश सरकार र महासंघबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकालले लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा आजको सम्झौताले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

उनले लगानीकर्ता रव्यवसायिक समुदायमा केही हुँदैन भन्ने वातावरण बन्दै गएको भन्दै यो सहकार्यमार्फत आउँदो ६ महिनामा नेपालमा अवसरहरु छ भन्न सक्ने परिणाम निकाल्ने विश्वास व्यक्त गरे । 



उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी सम्मेलनका लागि मात्रै नभई, सुदूरपश्चिममा भएका सम्भावनाहरुलाई विकास गर्नको लागि सम्झौता गरेको बताए । 

देशमा आर्थिक मन्दी छाएको अवस्थामा पनि अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको भन्दै सकारात्मक भएर अगाडि बढ्ने हो भने मुलुक विकास गर्न सक्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०८० शनिबार १५:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया