उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यअवस्था सुधारोन्मुख

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यअवस्था सुधारोन्मुख छ । चिकित्सकको सल्लाहअनुसार उनले आज सामान्य हिँडडुलसमेत गरेका छन्। 

‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उनलाई  हिजोदेखि नै आइसियूबाट जनरल वार्डको क्याबिनमा सारिएको छ। 

चीनको सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट  पार्टी अन्तराष्ट्रिय विभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन्।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।





  • प्रकाशित मिति : कात्तिक ४, २०८० शनिबार १८:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया