logo-img

पाल्पा दुर्घटना उपडेट : मृतक ६ जनाको सनाखत, चालकको अवस्था गम्भीर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छन् । 



आज करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी निरीक्षक चन्दले बताए । दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ६:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया