राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँकाे अवसरमा नवदुर्गाको अवतारस्वरूप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् । विशेष समारोहबीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेका थिए । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्र प्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार १३:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया