बाह्य हस्तक्षेपबिना क्षेत्रीय मामिलाको निर्णय परामर्शबाट गर्नुपर्छ : चिनियाँ प्रधानमन्त्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साङ्घाई सहयोग सङ्गठनका देशहरूले यस क्षेत्रमा देखिएका समस्याहरूलाई बाह्य देशको हस्तक्षेप विना आफ्नै ढङ्गले गर्नुपर्ने चिनियाँ प्रधानमन्त्री ली छ्याङले बताएका छन् ।  सङ्गठनको उद्देश्य  यसका सदस्यहरू देशहरूले क्षेत्रीय मामिलाहरू क्षेत्र बाहिरको हस्तक्षेप बिना क्षेत्रीय देशहरूको आपसी परामर्श मार्फत निर्णय गर्ने सुनिश्चित गर्न ल्याइएको पनि प्रधानमन्त्री ली छ्याङले बिहीबार बताए ।

एससीओ सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूको परिषद्को २२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री लीले यस क्षेत्रमा संयुक्त रूपमा सुरक्षा अवरोध निर्माण गर्न र बाह्य हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गरे । 





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार १७:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया