logo-img

नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले हरायो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । यो नेदरल्यान्ड्सको दोस्रो जित हो । 

दोस्रो जितसँगै नेदरल्याण्ड्सले प्रतियोगितामा साविक विजेता इंग्ल्याण्डभन्दा धेरै खेलमा जित हासिल गरेको छ। इंग्ल्याण्डले अहिलेसम्म एक खेल मात्र जितेको छ र अंक तालिकाको १० औँ स्थानमा रहेको छ।

इडेन गार्डेन रंगशालामा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय २९ रन बनाएको थियो, जवाफमा बंगलादेशको ४२.२ ओभरमा १ सय ४२ रनमा समेटियो। 



नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले ६८ रन बनाए भने पल भान मिकरेनले ४ विकेट लिए। मीकरनले प्लेयर अफ द म्याच घोषित भए। बंगलादेशका लागि मेहिदी हसन मिराजको ३५ रन सर्विधक रह्यो।

डच टोली दुई जितसहित ४ अंकका साथ ८औँ स्थानमा रहँदा ६ मध्ये ५ खेलमा हार बेहोरेको बंगलादेश २ अंकसहित ९ नम्बरमा झर्‍यो। त्यस्तै साविक विश्व विजेता इंगल्यान्ड २ अंकका साथ अंका तालिकाको पुछारमा छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार २२:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया