logo-img

दसैँ अवधिमा २५ हजार भक्तजनले गरे पाथीभराको दर्शन

दसैँको अवधिमा साढे २५ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा उक्त संख्यामा पाथीभराको दर्शन गरेका हुन् ।

दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भक्तजनको भीड लाग्ने गर्दछ । मुख्य सिजनअन्तर्गत दसैँको अवधिमा कुल २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिनमा मात्र ४ हजार ३२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

यस्तै, दसैँको चतुर्दशीको दिन एकै दिन ३ हजार ८५० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँको सप्तमी अर्थात् फूलपातीको दिनमा पनि तीन हजार ८१५ जना भक्तजन पाथीभराको दर्शन गर्न पुगेको थिए ।

यसरी दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अधिकांश दिन हजारौं भक्तजन (तीर्थयात्री) ले पाथीभराको दर्शन गरेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ९:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया