logo-img

नेपालको पहिलो विकेट पतन, आसिफ शेख २७ रनमा आउट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेट गुमाउनेक्रममा आसिफ शेख आउट भए । 

उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । आसिफ अक्षय पुरीको बलमा बोल्ड भए ।  

कुशलको उत्कृष्ट अर्धशतक



अर्का ओपनिङ ब्याटर कुशल भुर्तेलले भने अर्धशतक पूरा गरिसकेका छन् । उनले २६ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको यो सातौँ अर्धशतक हो । 

यस्तै, उनको यो लगातार दोस्रो अर्धशतक पनि हो । कुशलले शुक्रबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा यूएईविरुद्ध पनि अर्धशतक बनाएका थिए । 

सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १० ओभरमा एक विकेट गुमाएर रन ९४ बनाएको छ । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । 



उसका लागि रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७ र मनप्रीत सिंहले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि अविनाश बोहराले ४ ओभरमा एक मेडन राख्दै ४३ रन दिएर सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए ।



यस्तै, गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट नै हात पारे । करण केसीले ४ ओभरमा ३६ रन दिएर २ विकेट नै लिए । ४ ओभरमा २१ रन मात्र दिएका सोमपाल कामी भने विकेटविहीन रहे ।  

  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ११:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया