मलेसियालाई ६ विकेट हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।

नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३२ रन बनाए । 

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । 

नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्नेछ । यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।
 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १६:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया