logo-img

टी-२० अन्तर्राष्ट्रियमा सोमपालको ५० विकेट पूरा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत बिहीबार ओमानविरुद्ध २ विकेट लिएसँगै सोमपालले टी–२० मा ५० विकेट पूरा गरेका हुन् ।  

उनले ५३ खेलमा ५० विकेट पूरा गरे । सोमपाल नेपालको तर्फबाट टी–२० मा ५० विकेट पूरा गर्ने चौथो बलर हुन् । यसअघि यो उपलब्धि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले हासिल गरिसकेका छन् । 

सोमपालले ४ ओभरमा १६ रन मात्र दिएर महत्वपूर्ण २ विकेट लिए । उनले अकिब इलियासलाई २ र सोयब खानलाई शून्यमै बोल्ड गरेका हुन् । 
 







  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १०:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया