logo-img

ओमानको आठौँ विकेट पतन, करणलाई दोस्रो सफलता
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ । नेपाललाई आठौँ सफलता करण केसीले दिलाए ।  

उनले १७.३ ओभरमा नसीम खुसीलाई २५ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । ओमानको सातौँ विकेट तीव्र गतिका बलर अविनाश बोहराले लिए । उनले १४.४ ओभरमा ओमानका कप्तान जीशान मक्सूदलाई ३२ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए । 

नेपाललाई पाँचौं र छैटौँ सफलता स्टार स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले १३.१ ओभरमा अयान खानलाई १८ तथा यही ओभरको दोस्रो बलमा मेहरान खानलाई शून्यमै आउट गरे । सन्दीपले अयानलाई बोल्ड तथा मेहरानलाई रनमा एलबीडब्लू धरापमा पारे । नेपाललाई चौथो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । 



उनले ५.४ ओभरमा शोएब खानलाई शून्यमै बोल्ड गरे । ओमानको तेस्रो विकेट युवा अलराउन्डर गुलशन झाले लिए । उनले पाँचौं ओभरको अन्तिम बलमा ओपनर प्रतीक आठवलेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए । 

ओमानको दोस्रो विकेट तीव्र गतिका बलर सोमपाल कामीले लिएका थिए । उनले ३.१ ओभरमा ओमानका स्टार ब्याटर अकिब इलियासलाई ८ रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । 

उनले ओपनर कश्यप प्रजापतिलाई पहिलो ओभरको पाँचौं बलमा ८ रनमै आउट गरे ।  नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल र ओमानबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १०:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया