logo-img

ओमानविरुद्ध नेपाललाई दोस्रो झड्का, सोमपाल १२ रनमा आउट
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । उनी पाँचौं ओभरको अन्तिम बलमा १२ रनमा रनमा आउट भए । सोमपाललाई ओमानका स्पिनर शाकील अहमदले पवेलियनको दिशा देखाए ।    

नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाउन पुग्यो । उनी दोस्रो ओभरको पहिलो बलमा ५ रनमा बिलाल खानबाट कट एन्ड बोल्ड भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।



उसका लागि कप्तान जीशान मक्सूदले ३२, नसीम खुसीले २५, प्रतीक आठवालेले २४, अयान खानले १८ र शाकील अहमदले अविजित २२ रन बनाए । नेपालका लागि करण केसीले तीन, सोमपाल कामी, सन्दीप लामिछानेले दुई/दुई, गुलशन झा र अविनाश बोहराले एक/एक विकेट लिए । 
 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ११:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया