logo-img

शनिबार काठमाडौंका यी क्षेत्रमा हुँदै छ विद्युत् आपूर्ति अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणले भोलि १८ गते शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । 

प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के-३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ । 

बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार ८:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया