logo-img

नेपाल र ओमानको खेलमा बिक्री हुने टिकटको आधा रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा बिक्री हुने टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै क्यानले भोलि हुने नेपाल र ओमानबीचको खेलमा बिक्री टिकटको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । 

यस्तै, क्यानले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । गएराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।



अहिलेसम्म जाजरकोट र रुकुम पश्चिम गरी १३० जनाको मृत्यु भएको पुष्टि भएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ११:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया