जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने भएको छ । 

टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारु भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी प्रबन्ध गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।  

टेलिकमले उद्धार कार्य र सूचना आदान प्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १३:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया