एमडिएमएस आजबाट लागू, अवैध मोबाइल नेटवर्क ‘लक’ गर्दै दूरसञ्चार प्राधिकरण

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आज सोमबारदेखि लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ‘लक’ गरेर आजबाट पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले पटकपटक सञ्चालनको घोषणा गरिएको एमडिएमएस परीक्षणको एक वर्षपछि प्राधिकरणले सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणकले जनाएको छ । 

प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो । 

आजबाट पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्न सेवाप्रदायकलाई प्राधिकरणले निर्देशन गरेकोले अबदेखि हरेक दिन दर्ता नभएका अवैध मोबाइलको नेटवर्क लक हुँदै जाने छन् । 
प्राधिकरणका अनुसार गत वर्ष असोज यता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । त्यसका लागि प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको भन्दै प्रणालीमा दर्ता गराउन आग्रह गरेको छ । 

बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए/नभएको यकिन गर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार ८:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया