प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने सर्वदलीय बैठकको निर्णय

मधेस प्रदेश सरकारको सर्वदलीय बैठक सम्पन्न भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चार वटा कुरामा छलफल भएको मधेस प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन् । 

बैठक पश्चात सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिएका हुन् । उनले, प्रदेश निजामती ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए ।

उनले प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्रमार्फत मागहरू पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरू काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए । उक्त विषयमा २२ गत्ते पत्रकारसम्मेलनमार्फत थप जानकारी दिने सर्वदलीय बैठकबाट निर्णय भएको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १४:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया