मकैमा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिन्छ [अन्तर्वार्ता]

नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । तर, कृषि उपजमा भने वर्षौँदेखि परनिर्भर छ नेपाल । आन्तरिक उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि पनि त्यसलाई प्रयोग गर्न नसक्दा हरेक वर्ष परनिर्भरता बढ्दो रहेको विज्ञहरू बताउँछन् । परनिर्भरताकै जालोमा फसेका विभिन्न खाद्यन्नमध्ये एक हो– मकै । 

प्रमुख खाद्यान्न बालीको रूपमा लिइएको मकैमा पछिल्लो समय परनिर्भरता बढ्दो छ । बर्सेनि २० अर्ब बराबरको मकै भारत, अर्जेन्टिना, ब्राजिल, चीन, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की, अमेरिकालगायत देशबाट आयात हुने भन्सार विभागको तथ्यांकले देखाउँछ । 

कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको मकैबाली विज्ञ निर्मल गदाल बताउँछन् । 

मकै, मध्य पहाडको लागि प्रमुख र राष्ट्रिय स्तरमा दोस्रो खाद्यान्न बाली हो । मकै तराईदेखि हिमालसम्म जुनसुकै भौगोलिक अवस्थामा पनि लगाउन सकिन्छ । मकै बाली सबैभन्दा धेरै उत्पादन लिन सकिने बाली भए पनि नेपाल चुकेको उनी बताउँछन् । ‘मकै बाली मात्र एउटा त्यस्तो बाली हो, जुन एक वर्षमा ३ सिजन उत्पादन लिन सकिन्छ,’ विज्ञ गदाल भन्छन्, ‘तर, यति धेरै सम्भावना हुँदाहुँदै नेपाल आयातमा निर्भर छ । यो दुःखद् कुरा हो ।’

फस्टाउँदो कुखुरा तथा पशुपालन व्यवसाय एवं मकैलाई कच्चापदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरू बढ्दा मकैमा परनिर्भता बढ्दो रहेको उनको भनाइ छ । उनका अनुसार अहिले उत्पादन भइरहेको उत्पादकत्वलाई बढाउन सके नेपाल आत्मनिर्भर मात्र होइन, सहजै निर्यात गर्न सक्ने बन्छ । 

यसका लागि राज्यले किसानलाई सहुलियत दरमा उच्चस्तरीय बिउ, मल, सिँचाइ र बजारीकरणको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन् । साथै किसानहरूले पनि परम्परागत खेती प्रणालीलाई छाडेर वैज्ञानिक रूपमा खेती गर्नुपर्ने आवश्यकता देखिन्छ । 



आत्मनिर्भर हुने प्रचुर सम्भावना हुँदाहुँदै नेपाल मकै उत्पादनमा कहाँ चुक्यो ? मकैमा आत्मनिर्भर कसरी बन्न सक्छ ? लगायत विषयमा केन्द्रित रहेर फरकधारका लागि रेखा श्रेष्ठले मकै मकैबाली विज्ञ निर्मल गदालसँग कुराकानी गरेकी छन् :



  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १८:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया