पूर्वमन्त्री आलमको मुद्दामा भोलि फैसला हुने सम्भावना
फाइल तस्बिर

रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ ।

संविधान सभाको निर्वाचनको अघिल्लो दिन २७ चैत २०६४ मा पूर्वमन्त्री अफ्ताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरूलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि छ । 

उनीसहित ११ जना प्रतिवादी रहेको मुद्दाको मिसिल अदालतमा  खोलिएको हो । जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल र आलम पक्षको बहस मंगलबार सकिएको छ ।

केही बाँकी वकिलको बहस बुधबार सकिने र त्यसपछि मुद्दाको फैसला हुने उनको भनाइ छ । सम्भवतः बुधबारसम्म बहस सकेर बिहीबारसम्ममा मुद्दाको फैसला हुने उनले जानकारी दिए ।   

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको हो । सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले ०७६ कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो ।



त्यसपछि भएको बहस र सुनुवाइबाट जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले अलामलाई मुद्दा टुङ्गो नलागेसम्मका लागि २९ कात्तिकमा कारागार पठाउने निर्णय गरेको थियो । 

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीनवटा मुद्दा चलाइएको थियो । पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु करागारमा छन् । पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन् । 



  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १४:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया