logo-img

गोरखामा देउसी–भैलो राति नौ बजेसम्म मात्र

तिहारमा खेलिने देउसी, भैलो र नाचगानजस्ता कार्यक्रम राति ९ बजेसम्म गर्न गोरखामा जिल्ला प्रशासन कार्यालयले समय तोकेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै देउसी भैलोका लागि समय तोकेका हुन् ।

उनले पटका, आतसबाजीजस्ता पदार्थहरूको आयात, बिक्री वितरणमा रोक लगाएको उल्लेख गरेका छन् ।



त्यस्तै, अखाद्य वस्तु मिसाएको र म्याद गुज्रेको मिठाई, प्लाष्टिकजन्य फूललगायत ओसारपसार र बिक्री वितरणमा पनि रोक लगाइएको छ । 

मादकपदार्थ सेवन गरी सार्वजनिकस्थलमा होहल्ला र शान्ति सुरक्षामा खलल नगर्न पनि प्रशासनले अपिल गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २०:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया