logo-img

कैदीबन्दीले गरे भूकम्पपीडितलाई  सहयोग

झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।

कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए । 

कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् । 



यसैगरी, बिर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताए । 





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १५:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया