ठूला ऋणीले ऋण थप्दै जाँदा अर्थव्यवस्था धराशायी : पूर्वडेपुटी गभर्नर निरौला

नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर लक्ष्मीप्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन्। केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने, तर थपिँदै जाने प्रवृृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको केन्द्रीय बैंकका प्रवक्तासमेत रहिसकेका निरौलाले बताए ।

उनले आयातमुखी अर्थतन्त्रमा नै रमाइरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको बताएका छन्। पूर्वडेपुटी गभर्नर निरौलाले आन्तरिक उत्पादनलाई बढाउँदै हाल उपलब्ध स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्या छन्। जब हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्दै गयौँ । जानेर नजानेर अथवा हामीसँग क्षमता कम भएर अथवा जुनसुकै परिस्थिति भए पनि हामीले अर्थतन्त्रलाई आयातमुखी अर्थतन्त्रको रूपमा विकास गर्यौं ।’

उनले भने,‘आयातमुखी अर्थतन्त्रको रूपमा विकास गरेपछि बजारमा वस्तु र सेवाको माग घट्नासाथ स्वभाविक रूपमा राजस्व घट्छ, विदेशमा उत्पादन भएका वस्तु त्यही मूल्य वृद्धि भएर देशभित्र आउने हो । महँगी बढ्ने भयो र हामीले आयातमुखी अर्थतन्त्रमा नै रमाइरहँदा हाम्रो आन्तरिक उत्पादन तहसनहस भयो । त्यसैले अहिले आन्तरिक उत्पादनलाई जसरी पनि बढाउनुपर्छ । उपलब्ध स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ ।’ 
 





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १५:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया