logo-img

प्रा.डा. पोखरेललाई प्रतिभा पुरस्कार

विसं २०७९ को हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार शुक्ल यजुर्वेदमा विद्यावारिधि गरेका प्रा.डा. ऋषिराम पोखरेललाई प्रदान गरिएको छ । 

अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले पोखरेलाई सम्मान पत्र, नगद ३० हजार र दोसल्लाले सम्मानित गरे । 

तीन दशकसम्म नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा शुक्ल यजुर्वेदको अध्यापन गराएका पोखरेलले सोही विषयमा नेपाली अनुवादसहित पुस्तक प्रकाशन गरेका छन् । 



शुक्ल यजुर्वेदको सो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । 
वैदिक ज्ञानमा पोखरेलले पुर्याएएको योगदानको कदर गर्दै समाजले ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित सो पुरस्कार प्रदान गरेको हो । 

बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले वैदिक साहित्यको अध्ययन गरेर पोखरेलले सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिकैको त्रिवेणीमा दधिची ऋषिको आश्रम भएको तथ्य फेला पारेकाले आश्रम बनाएर धार्मिक पर्यटन प्रवर्द्धनमा लागिपर्ने प्रतिबद्धता जनाए । 

पिता हरिप्रसादको स्मृतिमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले पुरस्कारको स्थापना गरेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १९:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया